नेपाल स्काउटलाई प्रगतिशील युवाको ध्यानाकर्षण: पार्टीको भर्ती केन्द्र नबनाइयोस्
पाेखरा | जेठ १६, २०८१
पोखरा: गण्डकी प्रदेशका न्यायप्रेमी प्रगतिशील युवाले गणतन्त्र दिवसको अवसरमा नेपाल स्काउटलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितलाई सम्बोधन गर्दै नेपाल स्काउट रास्ट्रिय परिषद् सदस्य शिवबहादुर भण्डारीमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल स्काउटमा पछिल्लो समय राजनीति हाबी हुदै गइरहेको ठहर गर्दै राजनैतिक कार्यकर्ताको भर्ती केन्द्र नबनाउन प्रगतिशील युवा समूहको माग छ ।
सो समूहले बुझाएको पत्रमा भनिएको छ, ‘पछिल्लो समय नेपाल स्काउटमा निर्वाचित पदाधिकारी, आयुक्तहरुमा विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधीमासमेत सकृय रहेको कुरा प्रष्ट देख्न सकिन्छ । जुन कुरा नेपाल स्काउटको मुल मर्म विपरित रहेको छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न नसके नेपाल स्काउट कुनै दलको भातृ संगठन नहोला भन्न सकिन्न ।’

नेपाल स्काउट ऐन ,२०५० को दफा १८ (क) उपदफा (१) (ख) (ग)मा नेपाल स्काउटको सदस्यको योग्यता सम्बन्धि व्यवस्थामा नेपाल स्काउटको सदस्यले कुनै राजनितिक दलको सदस्य नलिएको र राजनैतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्यागी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ ।
युवा तथा खेलकुद मन्त्रालयले प्रचलित ऐन कार्यान्वयन गराउन गत वैशाख ३१ गते विज्ञप्ती नै जारी गरेको थियो ।

सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

